अहिलेकाे हाम्राे देश र हाम्राे जिम्मेवारी के हाेला
हामीले संघर्ष गरेर प्रजातन्त्र स्थापनाकाे लागी धेरै दुख व्यहाेर्याै । धेरै कुरामा हामीले जे साेचेर काम गरेका थियाै त्याे भएकाे छैन । एक पछि अर्काे निरासा उत्पन्न भइरहेकै छ । जनताकाे काम गर्ने भनेकाहरू अाफू र अाफना परिवारजन हरूकै लागी मात्रै भए । जनताकाे सेवाका लागी भनेका हरू उल्टै जनतालाइ साेस्ने, अातंकित पार्ने, सताउने हरू भए ।
संसारका जुन देशवारे विमर्श गरेपनी विगत चाहि भने उस्तै उस्तै देखिन्छ । हामी मानव जाति अादिम कालवाट अनेकन संघर्ष गर्दै अाएर अहिलेकाे अवस्थामा अाइपुगेका हाैं । अमेरिका, जापान, वेलायत, भारत, चिन, रूस अादि जुन हेरेपनि विगत काे अवस्था हेर्दा उस्तै उस्तै देखिन्छ । ति विकशित देशकाहरूका मानिस ले पनि हामीले जस्तै अथवा हामिले भन्दा कति हाे कति वढी विकराल अवस्था पीडा, अन्याय, हत्या, हिंसा वा अनेकन दुर्दशा भाेगेका हुन । धन्य हाे, विगतलाइ उत्खनन गर्ने अनेकन विधि विज्ञान वा इतिहास का पाना भर्ने प्रचलनले गर्दा त्यता तर्फ समय र रूचि भए अधिकांश कुराहरू अहिले पनि खाेज तलास गर्ने ठाउ छ, र खाेज तलास भएका पनि छन । तिनिहरू वारे हामीले चाहेमा अहिले विस्तारमा ज्ञान पाउन सकिन्छ । हाम्राे जस्तै देशहरू अफगानिस्तान, सुडान, कंगाे, वाेलिभिया, हाइटी अादि जस्ता एशिया, अफ्रिका, दक्षिण अमेरिका अादिमा रहेका देशहरू काे पनि कुरा त्यही हाे । ती अगाडी उल्लीखित देश हरू अमेरिका, जापान, वेलायत, भारत, चिन, रूसमा जनताले अाफनाे जीवनकाे लागी के कसरी जादा वा देश संचालन विधि उपयाेग गर्दा उचित हुन्छ भन्नेमा तुलनात्मक रूपमा सही निर्णय गर्न सके । तर हाम्राे देश जस्तै अफनिस्तान, सुडान, कंगाे, वाेलिभिया, हाइटी अादि जस्तामा भने हामी जस्तै जनताले सही वाटाे समात्न सकेनाैं, सही वाटाे समात्न दिइएन वा हामी असफल भयाै र छाैं । त्यसै भएर हामी अहिले याे अवस्थामा छाैं ।अनि, अध्ययन ले भन्छ, प्रमाण सहित भन्छ कि याे खालकाे भिन्नता कुनै जाती, धर्म भाैगाेलिक वनावट अादि खालका अवस्थावाट उव्जेका हाेइनन । हामीले मानव जातिकालागी के अावस्यक छ, केकस्ताे परिपाटी वसाल्न पर्छ, के कस्ताे सामाजिक व्यवस्था जरूरी हुन्छ अनि के कस्ताे राजनैतिक विधि पद्दती, व्यवहार र शैली वसाल्न अावस्यक हुन्छ भन्ने मा ध्यान दिन सकेनाैं । अथवा भनाै हाम्राे विवेक पुगेन, ज्ञान पुगेन वा हाम्राे वल पुगेन ।
हामीले लाेकतान्त्रिक राजनैतिक प्रणाली अपनाएकाे भन्छाैं । विश्वमा उपयाेगमा अाएका प्रणालीहरूमा लाेकतान्त्रिक प्रणाली उत्तम खालकाे भनेर हामीले भनेका छाैं । तर विचार गरि हेराै त अहिलेकाे लाेकतान्त्रिक भनिएकाे प्रणाली, नेपालकाे संदर्भमा, वादरकाे हातकाे नरिवल जस्ताे भएकाे छ । जनताकाे सेवा गर्ने ठाउमा त्याे नभएर अाफनाे व्यक्तिगत स्वार्थमा सिमित भएकाे छ । अाफना भाइ भतिजा, नातागाेता वा अाफना नजीकका वाहेक राजनैतिक नेतृत्व लिने हरूकाे ध्यान अन्त जादैन । हामीले छानेकाहरू जनताकाे सेवाकाे भन्दा उल्टै जनताकाे करवाट निर्मित राज्य काेष लुटने काममा निर्लिप्त हर किसिमले लागेका छन । त्यसमा पनि कसलाइ त्याे प्रतिनिधित्व दिने भन्नेमा समेत अनेकन गलत ढवाङ, लाेभ लालच, वा अनेकन हुइयामा लागेर त्यस्तै लाइ हामीले छानी पठाएका छाैं । जुनजुन देशमा याे अवस्था छ तिनै तिनै देशमा अवस्था हाम्राे जस्तै छ, गरीवी, वेराेजगारी, अन्याय, अत्याचार अादी ।
याे कुनै व्यक्ति विषेश, पार्टी विषेश वा समुदाय विषेशकाे कुरा भनिएकाे छैन । सवैकाे सम्पन्न वन्ने, सुख सुविधा युक्त वन्ने, न्यायिक जीवन यापन गर्ने चाहना त हुन्छ नै । त्याे चाहना उचित पनि हाे । त्याे मानव विकाशकाे पूर्व सर्त नै हाे । तर यसैमा किन यतिधेरै वाधा व्यवधान छन, त्यसैकाे गहिराइमा गएर हेर्न याे विचार राखिएकाे हाे ।
हामी सुखी नेपाली वन्न सकाैं, हाम्रा सन्तान दरसन्तानले हामीले जस्तै कहा जाउ, कुन देशमा जागीर खाेजेर परिवार पालाै, भन्ने अवस्था नहाेस अथवा भनाै धेरै देशहरू (माथी उल्लेख गरिएका देश हरू) जस्तै हाम्राे देश नरहाेस र हामी समृध्द देश वनाै, शान्ति अमन चैन विद्यमान हाेस हाम्राे देश पनि विकशित देश (अमेरिका, जापान, वेलायत, भारत, चिन, रूस जस्तै) वनाेस भन्ने हाम्राे चाहना हाे । हामी सवैकाे यसमा दुइ मत हुदैन । तर त्याे वनाउने कस्ले त ? हाम्राे देश समृध्द कसरी वन्छ त ? याे जटील विषय हाे, हामी लाेकतान्त्रिक शासन व्यवस्थामा छाैं । याे वनाउने वा त्यस्तै रहन दिने अथवा विग्रे विग्राेस भनेर अाखा चिम्ली वस्ने यसवारे साेच विचार अनि व्यवहार गर्ने हाम्रै जिम्माकाे कुरा हाे ।
विचार गराै, विमर्श गराै, हाम्रा विचारहरूलाइ अरूसंग पनि शेयर गराै अनि हामीले चाहेकाे मुलुक वनाउने मा हाम्राे भूमिका के हुन सक्छ निर्धारण गराै ।